१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:o४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया लघुवित्तको तरकारी खेती तालिम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o४:oo

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उपप्रादेशिक कार्यालय भुताहा, नवलपरासीले संस्थामा आबद्ध सदस्यहरूका लागि एकदिने व्यावसायिक तरकारी खेती तालिम सञ्चालन गरेको छ । संस्थामा आबद्ध रही तरकारी खेती तथा पशुपालनमा संलग्न तथा व्यावसायिक कृषि गर्न इच्छुक सदस्यहरूलाई तालिम दिइएको हो । 

स्थानीय क्षेत्रमा नै व्यावसायिक कृषि पेसातर्फ उत्प्रेरित गरी सदस्यहरूको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको संस्थाका लुम्बिनी प्रदेश कार्यालय प्रमुख अमरनाथ सेढाईंले बताए । तालिममा संस्थाको उपप्रादेशिक कार्यालय भुताहाअन्तर्गतका बेलाटारी, बरुवा, गोबरिया र बर्दघाट शाखामा आबद्ध करिब ५० जना समूह सदस्यहरूको सहभागिता रहेको जनाइएको छ ।

तालिममा हालको आधुनिक कृषि प्रणाली तथा भइरहेका अभ्यासहरू, व्यावसायिक कृषिसम्बन्धी जानकारी, गुणस्तरीय उत्पादन तथा बजारीकरण, व्यवसाय गर्दाको लागत विश्लेषण, उद्यमशीलता, व्यवसायको सुरक्षण गर्ने उपायका साथै संस्थामा आबद्ध हुँदा पाइने सुविधालगायत विषयमा अन्तक्र्रियात्मक ढंगले तालिम दिइएको लघुवित्तले जनाएको छ । 


कार्यक्रममा कर्पोरेट कार्यालयका चिफ बिजनेस एन्ड क्वालिटी एस्योरेन्स इकोसिस्टम अर्जुन श्रेष्ठले संस्था तथा संस्थाका सेवा–सुविधाबारे जानकारी दिएका थिए । कार्यक्रममा लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख अमरनाथ सेढाईंले सहभागीहरूलाई तालिममा सिकेका कुरालाई व्यावहारिक रूपमा आफ्नो कृषि पेसामा लागू गर्न सुझाव दिनुका साथै भविष्यमा समेत संस्थामा आबद्ध कृषक सदस्यहरूको आय–आर्जनमा टेवा पु¥याउने थप कार्यक्रम सञ्चालनमा ल्याउने बताए ।