१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ २७ शुक्रबार ०७:३९:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ २७ शुक्रबार ०७:३९:००

वाम–समाजवादी एकताको प्रयास कहाँ पुग्यो ?
यो प्रयास कहीँ पनि पुगेको छैन । कुराकानी मात्र भइरहेको छ । हिजो जहाँ थियो, आज पनि त्यहीँ अड्किइरहेको छ ? खासगरी एकीकृति समाजवादीले घनश्याम भुसालजीलाई भित्र्याएपछि परिस्थितिमा केही जटिलता आएको छ । अहिले दुवै पार्टीले आआफ्ना डकुमेन्ट आदानप्रदान गरका छन् । दुवै पार्टी तिनै डकुमेन्ट अध्ययन गर्दै छन् ।  

वाम–समाजवादी एकता भएमा उहाँहरूले ‘नेकपा’ छाड्नुहुन्छ कि तपाईंहरूले ‘नेकपा’ स्विकार्नुहुन्छ ?
मुख्य समस्या नै यहीँनिर छ । उहाँहरू हामी नेकपा छाड्दै छाड्दैनौँ भन्नुहुन्छ । हामी नेकपा स्विकार्दैनौँ भनिरहेका छौँ । यसले पनि एकतामा गाँठो पारेको छ । फेरि नेतृत्व कसको भन्ने विषय पनि पेचिलो छ । त्यसैले, तत्काल एकताभन्दा पनि मोर्चासम्म बन्न सक्ने देखिन्छ । तर, एकताको ढोकै बन्द भयो भन्ने चाहिँ होइन ।

मधेसवादी दलहरू चाहिँ फुट्दै जाने र अन्य दलसँग चाहिँ एकता गर्ने प्रयास कति अर्थपूर्ण होला ?
टुटफुट मधेसवादी दलमा मात्र होइन, सबैतिर छ । विगतमा एक हुँदा मधेसी जनताले हामीलाई विश्वास पनि गरेकै हुन् । मधेसको जनमत पनि मधेसवादी दलहरूको एकताकै पक्षमा छ । राष्ट्रपतिको निर्वाचनदेखि नै हामीले त्यो प्रयास गर्नुपर्छ । चार दलको मतभारबाट मात्र राष्ट्रपति चुनिन सम्भव छैन । त्यसैले, हामीले यही समयमा मधेसवादी शक्तिलाई एक ठाउँमा ल्याउने कोसिस पनि गर्नुपर्छ । र, त्यस्तो हुने सम्भावना पनि छ ।