१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कुखुरा फर्ममा आगलागी, आठ सय चल्ला जले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:२४:oo

मकवानपुरको हेटौँडामा बिहीबार बिहान कुखुरा फर्ममा आगलागी हुँदा आठ सयवटा कुखुराका चल्ला जलेका छन्। 

हेटौँडा उपमहागनरपालिका– १९ गुम्बाचोकमा स्थानीय जयबहादुर गोलेले सञ्चालन गरेको कुखुरा फर्ममा बिहान साढे आठ बजे आगलागी भएको थियो। आगलागीबाट आठ सय कुखुरका चल्ला र १५ बोरा दाना जलेर नष्ट भएको हो।

जस्ताको छानो भएको उक्त कुखुराको फर्ममा अचानक विद्युत् लाइन सट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ। 

आगलागीबाट अन्दाजी पाँच लाख २० हजार रुपैयाँबराबरको क्षेत्री भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

प्रवक्ता कार्कीले इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक शिवशंकर शर्माको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो निभाइएको  बताए।


 

ad
ad