मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ २६ बिहीबार ०७:४१:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिका–चीन बेलुन प्रकरण : बेइजिङको कडा आपत्ति

Read Time : < 1 मिनेट
२०७९ माघ २६ बिहीबार ०७:४१:००

बेलुनको विषयलाई लिएर अमेरिका र चीनबीच तनाव बढेको छ । चीनले आफूविरुद्ध जासुसी गर्न आफ्नो आकाशमा बेलुन उडाएको भन्दै अमेरिकाले गत शनिबार त्यसलाई बलपूर्वक खसालेपछि विवाद बढेको हो ।

वासिंगटनस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत सु सुयुवानले बेइजिङको निर्देशनअनुसार अमेरिकी विदेश मन्त्रालय र ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ अधिकारीलाई बुधबार भेटेर बेलुन खसाइएकोमा कडा आपत्ति जनाएका छन् ।

वायुको वेग र बहावका कारण अनपेक्षित रूपमा मानवरहित बेलुन अमेरिकी आकाशमा प्रवेश गरेको स्वीकार गर्दै चीनले त्यस सम्बन्धमा अमेरिकी पक्षलाई समयमै र बारम्बार जानकारी गराउँदासमेत अमेरिकी पक्षले उपेक्षा गरेर बलपूर्वक बेलुन खसालेको भन्दै खेद प्रकट गरेको हो ।

चिनियाँ कूटनीतिज्ञले भेट गरेका अमेरिकी अधिकारीबारे जानकारी नदिइए पनि उनले अमेरिकालाई शान्त र संयमित भएर व्यावसायिक ढंगले परिस्थिति सम्हाल्न आग्रह गरेका छन् । उनले परिस्थितिलाई थप जटिल नबनाउन पनि सम्बद्ध अधिकारीलाई आह्वान गरेका छन् । मौसम विज्ञानसम्बन्धी सूचना संकलन गर्न नागरिकस्तरमा उडाइएको उक्त बेलुन वायु बलका कारण काबुबाहिर हुँदा अमेरिकी आकाशमा पुगेको बेइजिङले स्पष्ट गरेको थियो ।