Skip This
३ प्रश्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o७:३६:oo

पार्टी एकता र समाजवादी मोर्चा निर्माणको विषय कहाँ पुग्यो ?
हामीले नेकपा (एकीकृत समाजवादी) गठन गर्दा नै बृहत् वामपन्थी एकताको विषय अगाडि सारेका हौँ । त्यस क्रममा विभिन्न पार्टी, समूह र व्यक्तिसँग एकता र सहकार्यका विषयमा छलफल भइरहेका छन् । एकीकृत समाजवादीसँग विभिन्न पार्टी र समूह एकत्रित पनि भएका छन् । हामीले कार्यदल नै बनाएर एकता र कार्यगत एकताको विषयमा काम गरिरहेका छौँ । 

माओवादी र जसपासँगको एकता प्रक्रियाचाहिँ कहाँ पुग्यो ? 
माओवादीसँग हाम्रो थेरै कुरा मिल्छ । अब कसरी जाने भन्ने विषयमा धारणा एकीकृत गर्नुपर्ने अवस्था छ । पहिला पनि हामी एकै ठाउँमा थियौँ । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई अदालतले भंग गरिदियो । केपी ओलीहरू पूर्वएमालेमा फर्किनुभयो र प्रचण्ड माओवादीमा ।

हामी नेकपाकालीन विचारलाई समेटेर बस्यौँ । त्यही स्पिरिटमा हामी अगाडि बढिरहेका छौँ । यसमा हाम्रो र उहाँहरूको बुझाइ फरक हुन सक्छ । नेकपाकै जगमा अगाडि बढ्न सकिन्छ भन्ने हाम्रो मान्यता छ । पार्टीको नाम र चुनाव चिह्नलगायत विषय बाँकी नै छन् । जसपासँग भने उहाँहरूले नेकपा स्वीकार गरिसकेको अवस्था नभएकाले एकताभन्दा कार्यगत एकताको सम्भावना बढी देखिन्छ । 

एमालेसँग एकताको  सम्भावना छ कि छैन ? 
एमालेसँग अहिले त्यस्तो सम्भावना देखिएको छैन । हामीले जुन विषय उठाएर विद्रोह गरेका हौँ, ती विषय एमालेले अहिले पनि सच्याएको छैन । त्यस्तो अवस्थामा एकताको सम्भावना कहाँ रहन्छ र ?

ad
ad