१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२८औँ क्यान इन्फोटेक सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o३:oo

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा ६ दिनसम्म सञ्चालन हुने यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उद्घाटन गरेकी हुन् ।  

इन्फोटेकको उद्घाटन गर्दै मन्त्री शर्माले प्रविधिको प्रयोगले अहिले सेवा लिन र दिन सहज भएकाले यस क्षेत्रको विकासमा राज्यको सहयोग हुने बताइन् । उनले भनिन्, ‘सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सके विभिन्न ठाउँमा हुने गरेको अनियमितता कम हुन्छ । यसकारण सरकार र मन्त्रालय यो क्षेत्रको विकासका लागि निरन्तर लाग्नेछ ।’ सूचना प्रविधि क्षेत्रमा योजनाबद्ध काम गर्न आफूले पहल गरिरहेको उनको भनाइ थियो । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमै तयार भएका वस्तु एवं सेवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए । महासंघले भिजन २०२० मा आइटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उनले स्वदेशमा दक्ष जनशक्ति तयार पारी उनीहरूलाई यहीँ अवसर दिन सरकारसँग सहज वातावरणको माग गरे । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा सूचना प्रविधिसम्बन्धी स्पष्ट नीति र एकद्वार प्रणाली नहुँदा यो क्षेत्र पछि परेको उनले बताए । सूचना प्रविधिको विकासमा ध्यान दिन सके मुलुक आत्मनिर्भर बन्ने विश्वास उनको थियो । 

क्यान महासंघका अध्यक्ष रणजित पोद्दारले विश्वमा आर्थिक मन्दीको त्रास र नेपालमा वैदेशिक मुद्रा सञ्चितिमा देखिएको समस्याका बीच सूचना प्रविधि व्यवसाय अगाडि बढिरहेको सन्दर्भ राख्दै सरकारले सहज नीति र कार्यक्रम ल्याउने हो भने आइटी क्षेत्रबाट मनग्य वैदेशिक मुद्रा भित्र्याउन र लाखौँको रोजगारी सिर्जना गर्न सकिने बताए । 

मेलाको एसोसिएट स्पोन्सरमा डिसहोम फाइबरनेट रहेको छ । त्यस्तै, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम, गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी, ह्वावे र सिल्भर स्पोन्सरमा एस पावर, अन सिक्का, डिजिकम रहेका छन् । टिकेटिङ पार्टनरमा पेवेल, बैंकिङ पार्टनरमा कुमारी बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनर आइएमई जनरल इन्स्योरेन्स, नलेज पार्टनर लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेसनल स्कुल फर स्किल्स, फुड एन्ड बेभरेज पार्टनर र्‍याकेट बार एन्ड इभेन्ट्स, भर्चुअल एक्जिबिसन पार्टनर मण्डला सिस्टम, सिसिटिभी पार्टनर इ–थ्री सेल्स एन्ड सर्भिसेज र एसएमएस पार्टनर स्पारो एसएमएस रहेका छन् । मेलामा कुल दुई सय स्टल रहेका छन् । 

साथै, क्यान इन्फोटेक अवसर पारी नेपाल पर्यटन बोर्डको सभाहलमा माघ २५ गतेदेखि २८ गतेसम्म क्यान आइसिटी सम्मेलन हुँदै छ । यसअन्तर्गत माघ २५ गते इन्डस्ट्री र एकेडेमियाबीचको ग्यापका विषयमा सेमिनार हुनेछ । माघ २६ गते ब्लकचेन प्रविधि र माघ २८ गते फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टम गरी दुई विषयमा सेमिनार हुनेछ । 

ad
ad