
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको अस्थिर राजनीतिका कारण विदेशी चलखेल र प्रभाव बढेको टिप्पणी गरेका छन्।
थापाले सत्ताको फोहाेरी खेलमार्फत विदेशी प्रभाव र चलखेललाई आमन्त्रण गरिनु दुर्भाग्यपूर्ण भएको बताए। उनले स्थिरता, समृद्धि र परिवर्तनको निम्ति जनताले छानेर पठाएका राजनीतिक दलहररू नै सत्ताको छिनाझम्टीमा केन्द्रित हुँदा मुलुक थप संकटग्रस्त बनेको बताए।
उनले सत्तामा पुग्न र टिक्न विदेशी शक्तिको आशीर्वाद खोज्ने प्रवृत्तिको अन्त्य अहिलेको आवश्यकता भएको जिकिर गरे।
उनले स्पष्ट विचार र अलग पहिचानसहित राष्ट्रिय राजनीतिमा स्थापित हुन तथा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको विषयलाई जोडदार ढंगबाट उठाउन राप्रपा नेपाल सडकमा आउन लागेको जानकारी दिए।
पार्टीको उपत्यकाकेन्द्रित संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउन उनले नेता–कार्यकर्तालाई निर्देशनसमेत दिए।