Skip This
अस्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा भीषण आगलागी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २३ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ माघ २३ सोमबार १३:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा भीषण आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २३ सोमबार १३:४४:oo

अस्ट्रेलियाको मेलबर्नमा रहेको एक बौद्ध मन्दिरमा आइतबार राति आगलागी भएको छ। आगलागी नियन्त्रणका लागि करिब ८० अग्निनियन्त्रक घटनास्थलमा पुगी आगो नियन्त्रणका लागि काम गरिरहेका छन्। 

फायर रेस्क्यु भिक्टोरियाका कर्मचारीहरूलाई मेलबर्नको दक्षिणपूर्वमा रहेको ब्राइट मुन बौद्ध मन्दिरमा स्थानीय समयअनुसार राति १०ः३५ बजे आगोलाई नियन्त्रणमा लिइएको एफआरभीले जनाएको छ।

बौद्ध मन्दिरमा आगलागीपछि आसपासका बासिन्दालाई घरमा बस्न, बाहिरी ढोका र झ्यालहरू बन्द गर्न,  तातो र एअर कन्डिसन सेवा बन्द गर्न भनिएको थियो। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन 

एफआरभीका सहायक प्रमुख अग्नि नियन्त्रक पल फोस्टरले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अग्निनियन्त्रकहरूले सोमबार बिहान बाँकी रहेको आगो निभाउने काम गरिरहेका छन्। 

फोस्टरका अनुसार पाँच तला अग्लो मन्दिरमा भीषण आगलागी भएको र आगलागीको ज्वाला केही किलोमिटर टाढादेखि स्पष्ट देखिएको थियो । 

ब्राइट मून बौद्ध समाजसँग सम्बन्धित यो मन्दिर सन् १९९१ मा जग्गा किनेर हालको हल र प्रार्थना स्थलमा परिणत गरिएको थियो । उक्त स्थल हाल स्थानीय बौद्ध समुदायका लागि प्रसिद्ध पूजास्थल बनेको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।