मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २२ आइतबार
  • Friday, 28 August, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २२ आइतबार १७:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीलाई विश्वप्रकाशको कटाक्ष– कांग्रेस फोबियाबाट मुक्त हुनुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २२ आइतबार १७:५१:oo

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति बन्ने दाबी गरेका छन्। आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।  

महामन्त्री शर्माले राष्ट्रपतिमा आफ्नो पार्टीले प्रतिस्पर्धा गर्ने कुरालाई पूर्वाग्रही ढंगले नसोच्न पनि एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरे। ‘राष्ट्रपति पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिन चाहन्छ, दिन्छ। नेपाली कांग्रेसले दिएको उम्मेदवार यो देशको राष्ट्रपति बन्नुहुन्छ। राष्ट्रपति पदमा उम्मेदवारी दिइरहँदै गर्दाखेरी त्यसलाई लोकतान्त्रिक अभ्यासको रूपमा नबुझ्ने हो भने त्यो अलोकतान्त्रिक चेत हुन्छ,’ उनले भने।

संसदमा एमाले अध्यक्ष ओलीले आवेश र कुण्ठा व्यक्त गरेको उल्लेख गर्दै उनले त्यसो नगर्न अनुरोध गरे। ओली ‘कांग्रेस फोबिया’बाट मुक्त हुनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘अलिकति अनुरोध गर्दै गर्दाखेरी चाहिँ मेरो जिल्लावासी कमरेडलाई अर्को जिल्लावासी नयाँ नयाँ सांसदको के अपिल छ भने– कांग्रेस फोबियाबाट मुक्त भइदिनुस्।’