Skip This
‘सत्तागठबन्धन जसरी पनि जोगाउनुपर्छ भन्ने पक्षमा छु’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २२ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ माघ २२ आइतबार १७:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘सत्तागठबन्धन जसरी पनि जोगाउनुपर्छ भन्ने पक्षमा छु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ माघ २२ आइतबार १७:२९:oo

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन्।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले राष्ट्रिय सहमति गरेर अघि बढ्ने कुरा गरिरहेको र सत्तासाझेदार दलहरूबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्नेमा रहेको प्रस्ट पारे। त्यसका लागि रास्वपाका सभापति लामिछानेसँग छलफल गरी देखिएको समस्या तत्काल हल गर्ने उनको भनाइ थियो।

‘मेरो कोसिस त थियो– राष्ट्रिय सहमति नै गरौँ भनिराखेको छु। हाम्रो सत्तासाझेदारबीचको एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो। अदालतको निर्णय पनि पक्कै पछि उहाँहरूलाई केही असहजता त भएकै थियो। अब उहाँसँग फेरि भेटेर कुरा गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भने।