मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २२ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ माघ २२ आइतबार १६:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रास्वपा सरकारबाट बाहिरिने, समर्थन कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ २२ आइतबार १६:o४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । 

सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको उनले बताए। यो निर्णयसँगै रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की फिर्ता हुने भएका छन् ।

आज बिहान मात्रै सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्ने घाेषणा गरेका थिए। पार्टीकाे बैठकअघि उनी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका थिए। 

भेटमा प्रधानमन्त्री प्रचण्डले रविलाई ‘गृहको विकल्प’ खोज्न आग्रह गरेका थिए। यसबारे आफूले पार्टीकाे बैठकमा छलफल गर्ने भन्दै रवि बालुवाटारबाट बाहिरिएका थिए।