१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमले सुरु गर्‍यो अनलाइन टिकेटिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:२६:oo

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले आन्तरिक उडानमा पनि अनलाइन टिकेटिङ सुरु गरेको छ । अघिल्लो हप्ता मात्रै पर्यटनमन्त्री सुदन किराँतीले एक महिनाभित्र अनलाइन टिकेटिङको व्यवस्था गर्न एनएसी व्यवस्थापनलाई निर्देशन दिएका थिए ।

अब आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई टिकट पूर्ण रूपमा इसेवाबाट काट्न सक्ने प्रबन्ध गरेको निगमले जनाएको छ । क्रमशः अन्य स्थानीय वालेटहरूबाट पनि निगमको हवाई टिकट खरिद गर्न मिल्ने व्यवस्था गर्न लागेको बताइएको छ । अन्तर्राष्ट्रिय उडानमा भने निगमकै वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरेर केही समयअघिदेखि नै टिकट किनबेच हुँदै आएको थियो ।  

निगमले दुर्गम क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको जनाएको छ । यस्तै, निगम पर्यटकीय क्षेत्रलक्षित सेवा विस्तारको तयारीमा समेत रहेको छ । ‘निगमले उपलब्ध सिटसमेत बिक्री नगर्नेलगायतका गुनासो यदाकदा सुन्नमा आउने गरेकाले यस विषयलाई स्पष्ट पार्नु आफ्नो कर्तव्य ठानेका छौँ,’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए तापनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमतालगायतका विविध कारणले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा कमी आउने जानकारी गराउँछौँ ।’

निगमको ट्विनअटर जहाज १९ सिट क्षमताको भए पनि ठाउँ हेरीकन न्यूनतम १२ जनादेखि अधिकतम १७ जनासम्म बोक्दै आएको छ । धेरै गन्तव्यको उडानमा १३–१४ जना मात्र बोकेर उड्नुपर्ने निगमले जनाएको छ । निगमले काठमाडौंबाट ताप्लेजुङ, भोजपुर, दाङ, थामखर्क, खानीडाँडा, रुकुम, फाप्लु, इलाम उडान गर्छ । यस्तै, नेपालगन्जलाई बेस बनाएर रुकुम, सिमिकोट, ताल्चा, जुम्ला, डोल्पा र बाजुरा उडान गर्दै आएको छ । निगमसँग आन्तरिक उडानयोग्य जहाज दुईवटा भए पनि प्रायः एउटा मात्र जहाजबाट उडान हुने गर्छ ।