मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २० शुक्रबार १०:५५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मस्तिष्क स्वस्थ राख्न...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २० शुक्रबार १०:५५:००

- कार्यव्यस्तताका कारण कतिपयले ब्रेकफास्ट गर्न बिर्सिरहेका हुन्छन् । ब्रेकफास्ट नगर्दा बिहानको खाना बढी खाइन्छ । यसले मोटोपन ल्याउन सक्छ । दिनहुँ ब्रेकफास्ट गर्दा सोच्ने क्षमतामा समेत वृद्धि हुन्छ । तसर्थ, सधैँ ब्रेकफास्ट गर्ने ।

- अबेरसम्म काम गर्दा दिमागमा नकारात्मक असर पर्न जान्छ । ढिलासम्म मोबाइल वा कम्प्युटर चलाउने बानीले आँखामा समेत असर पर्दछ । तसर्थ, बेलुका चाँडै सुत्नुपर्छ ।

- बिहान ढिलासम्म सुत्ने बानी गर्दा नकारात्मक सोच आउने, चिन्ता लाग्ने, मुड अफ हुनेजस्ता समस्या देखा पर्न सक्छन् । यसर्थ, बिहान ढिलासम्म सुत्ने नगरौँ । 

- कम्प्युटर चलाउँदा र टिभी हेर्दा खानेकुरा नखाने । यसरी खानेकुरा खाँदा दिमाग केन्द्रित हँुदैन र कतिपय अवस्थामा मस्तिष्कमा नकारात्मक असरसमेत पर्दछ । 

- धूम्रपान मस्तिष्कका लागि हानिकारक हुन्छ । धूम्रपान गर्दा अल्जाइमर, डिमेन्सिया, ब्रेन स्ट्रोक हुने सम्भावना रहन्छ । त्यसैले धूम्रपान नगर्ने ।