Skip This
पाकिस्तानको मस्जिदमा आत्मघाती हमलाकारी प्रहरी पोसाकमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १९ बिहीबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ १९ बिहीबार १६:३९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानको मस्जिदमा आत्मघाती हमलाकारी प्रहरी पोसाकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ १९ बिहीबार १६:३९:oo

पाकिस्तानको एक प्रहरी मुख्यालयमा एक मस्जिदभित्र व्यक्तिको हत्या गर्ने आत्मघाती बम आक्रमणकारीले प्रहरी पोसाक र हेलमेट लगाएको  एक प्रहरी प्रमुखले बिहीबार जानकारी दिएका छन्। 

‘ड्युटीमा रहेकाले ती प्रहरीलाई जाँच गरेनन् किनभने उनी प्रहरीको पोसाकमा थिए, यो सुरक्षाको कमजोरी थियो,’ खैबर पख्तुनख्वा प्रान्तका प्रहरी बलका प्रमुख मोअज्जम जाह अन्सारीले एक पत्रकार सम्मेलनमा भने। 

उत्तरपश्चिम पाकिस्तानको प्रहरी मुख्यालयस्थित मस्जिदमा गत सोमबार विस्फोट भएको थियो। यस विस्फोटमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। 

प्रान्तीय राजधानी पेसावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो। अफगान सीमासँग जोडिएका क्षेत्रमा आक्रमणका घटना लगातार बढिरहेका छन्। मृतकमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै रहेका सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई जानकारी दिए।