Skip This
‘तोकआदेश’का ७१ कर्मचारी हटाइए
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १६:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘तोकआदेश’का ७१ कर्मचारी हटाइए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५५:oo

हेटौँडा उपमहानगरपालिकाले ठाडो तोकआदेशमा नियुक्ति लिएर काम गरिरहेका ७१ जना कर्मचारीलाई हटाएको छ। उपमहानगरले विनाविज्ञापन आन्तरिक रूपमा नियुक्त गरिएका करार र ज्यालादारी कर्मचारी हटाएको जनाएको छ।

परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगरी उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र पूर्वनगर प्रमुख  हरिबहादुर महतको ठाडो तोकबाट जागिर खाएकाहरूको जागिर गएको हो।

जागिरबाट हटाइएका कर्मचारीमा चौथो, पाँचौँ र छैटाैँ तहसम्मका रहेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । प्रवक्ता न्यौपानेका अनुसार जागिर जानेहरूमा सबैभन्दा धेरै स्वास्थ्य, प्राविधिक र प्रशासन फाँटका कर्मचारी रहेका छन्। 

उनले यही पुस मसान्तसम्म करार सम्झौता भएकालाई उपमहानगरपालिकाले जागिरबाट हटाएको बताए। ‘हामीले यही पुस मसान्तसम्म करार सम्झौता भएकाको सम्झौता नवीकरण नगरेका हौँ। उनीहरूको स्थानमा लोकसेवा आयोगले लिएको परीक्षाबाट पदपूर्ति भएको छ। एकै पदमा दोहोरो कर्मचारी राख्ने कुरा पनि हुँदैन, त्यसैले उनीहरूको कारार नवीकरण नभएको हो,’ प्रवक्ता न्यौपानेले भने।

उनले संघीय मामिला तथा प्रशासन मन्त्रालयले पनि बारम्बार तोकआदेशअनुसार करारमा नियुक्त कर्मचारी घटाउन निर्देशन दिएको पनि बताए । न्यौपानेले तत्काल कार्यालय सहयोगी, चालक र सरसफाइ कर्मचारीको हकमा भने अहिलेको निर्णय लागू नहुने स्पष्ट पारे।

प्रवक्ता न्यौपानेले उपमहानगरमा अबउप्रान्त विज्ञापन नै नगरी राजनीतिक दबाबको भरमा कर्मचारी भर्ना गर्ने क्रम रोकिने विश्वास व्यक्त गरे।