मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पेसावर
२०७९ माघ १८ बुधबार ०८:५५:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

पाक मस्जिद विस्फोटमा मृत्यु हुने सय पुगे

Read Time : < 1 मिनेट
पेसावर
२०७९ माघ १८ बुधबार ०८:५५:००

उत्तरपश्चिम पाकिस्तान पेसावरस्थित प्रहरी कार्यालयको परिसरमा रहेको मस्जिदमा भएको आत्मघाती विस्फोटमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । विस्फोटको भग्नावशेषबाट शवहरू निकाल्ने क्रम मंगलबार पनि जारी थियो । विस्फोटमा १५० भन्दा बढी घाइते भएका छन् । पेसावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले १०० जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

‘म सात घन्टासम्म भग्नावशेषमुनि फसेको थिएँ, मैले बाँच्ने सबै आशा गुमाएको थिएँ,’ विस्फोटबाट बाँचेका एक प्रहरीले भने । मृत्यु हुनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी छन् । प्रहरी परिसरमा रहेको मस्जिदमा प्रार्थनाका लागि ३०० देखि ४०० प्रहरी भेला भएका थिए ।

‘आज बिहान हामी भत्किएको छतको अन्तिम भाग हटाउन जाँदै छौँ, ताकि थप शवहरू निकाल्न सकौँ । तर, हामी कोही पनि बाँचेकाहरू फेला पर्ने आशामा छैनौँ,’ एएफपीले प्रहरी प्रवक्ता बिलाल अहमद फैजीको भनाइलाई उद्धृत गरेको छ । ‘प्रार्थना सुरु भएको केही सेकेन्डपछि विस्फोट भएको थियो । त्यसपछि, मैले आकाशमा कालो मुस्लो उडेको देखेँ र ज्यान बचाउन बाहिर भागेँ,’ ४७ वर्षे प्रहरी अधिकारी साहिद अलीले भनिन् ।

प्रान्तीय राजधानी पेसावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रमा आत्मघाती आक्रमण लगातार बढिरहेको छ । पहिले स्विकारे पनि पाकिस्तानी तालिबानले बम विस्फोट गरेको दाबीलाई पछि अस्वीकार गरेको छ ।