Skip This
एसियन हाइड्रोपावरको आइपिओ आउँदै    
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ १७ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ माघ १७ मंगलबार ११:o५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

एसियन हाइड्रोपावरको आइपिओ आउँदै    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ माघ १७ मंगलबार ११:o५:oo

एसियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता  एक सय अंकित दरमा ६ लाख ९७ हजार दुई सय कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी  ३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुने  आठ करोड ४० लाख मूल्यबराबरको कुल आठ लाख ४० कित्ता साधारण सेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्याएको थियो । जसमा ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।  

त्यस्तै, १६ हजार आठ सय कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी ६ लाख ९७ हजार दुई सय कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।  

निष्कासन गरिने सेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन २ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरे फागुन १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ ।  

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमा मेरो सेयर प्रयोग गरेर आइपिओका लागि आवेदन दिन व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।  

कम्पनीलाई केयर रेटिङ्ग्स नेपालले ‘केयरएनपी बिबी आइएस’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा ६ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।