मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १५ आइतबार १०:२५:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १५ आइतबार १०:२५:००

लगातार कांग्रेस केन्द्रीय समिति बैठक सरिरेको छ । विकसित घटनाक्रमबारे छलफल गरेर कार्यदिशा तय गनुपर्ने होइन र ?
सत्ता गुमेपछि नेृतत्व मणि हराएको नागजस्तो अवस्थामा पुगेको देखिन्छ,  जुन कांग्रेसका लागि दुर्भाग्यपूर्ण हो । निर्वाचन परिणाम आइसकेपछि  र सरकारबाट बाहिरिएपछिको राजनीतिक विषय र विकसित घटनाक्रमबारे तत्काल बसेर पार्टीमा छलफल गर्नुपर्ने हो । छलफलबाटै नयाँ परिस्थितिपछिको भावी कार्यदिशा तय गरेर जानु अहिले कांग्रेसका लागि आवश्यकता हो । तर, नेतृत्वले त्यो चाहेको छैन । गम्भीर विषयमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेमा बैठक सारिरहनुपर्ने कुनै कारण नै छैन ।

पार्टी नेतृत्वले किन केन्द्रीय समिति बैठक राख्न चाहेको छैन ?
नेतृत्वले पार्टीमा छलफल गरेर निकास निकाल्नुभन्दा पनि तत्काल बैठक राख्दा बैठकमा आफ्नो आलोचना हुने र त्यसको बचाउ गर्न कठिन हुने देखेको छ । नेतृत्वले सोही असफलताका कारण बैठकमा आफ्नो उच्च आलोचना हुने देखेको छ । यसलाई छल्न बैठक छल्नु उपयुक्त होइन । नेतृत्वको मनोविज्ञान राष्ट्रपति निर्वाचनपछि मात्रै बैठक राख्ने देखिन्छ ।

सबै विषय सकिएपछि समीक्षाका लागि मात्रै बैठक बस्नु उपयुक्त हो र ?
पक्कै पनि होइन । हरेक विषयमा पार्टीको आधिकारिक फोरममा गम्भीर छलफल गरेर धारणा बनाउनुपर्ने समय हो यो । यसले जनतामा कांग्रेसबारे नकारात्मक धारणा बनाउँछ । पार्टीको आन्तरिक जीवनमा पनि यसको नकारात्मक असर पर्छ ।