
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्नका लागि ‘गार्डरेल’ स्थापना गर्न आग्रह गरेका छन्।
न्युयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नरसंहारको सम्झनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
उनले गलत सूचना र विचारको फैलावटलाई रोक्न सबैसँग आह्वानसमेत गरे। उनले भने, ‘अनलाइन संसारका मुख्य कारणहरूमध्ये एक हो, जसमा घृणायुक्त भाषण, चरम विचारधाराहरू र गलत सूचना विश्वभर द्रुत रूपमा फैलिएको छ।’
महासचिव गुटेरेसले सामाजिक मिडिया प्लेटफर्महरू र तिनीहरूका विज्ञापनदाता अतिवादलाई मूलधारमा लैजानमा संलग्न रहेको आराेप लगाए। इन्टरनेटका धेरै भागहरूलाई ‘घृणा र झुट विवरणका लागि विषाक्त फोहोर डम्प’ मा परिणत गरिएको उनको तर्क थियो।