मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १४ शनिबार ०८:१९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

केपी ओलीको नाममा फुटबल क्लब खोलिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १४ शनिबार ०८:१९:००

पूर्वप्रधानमन्त्री खड्गप्रसाद (केपी) ओलीको नाममा फुटबल क्लब खोलिने भएको छ । नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघले ‘केपी ओली फुटबल क्लब’ खोल्ने जनाएको छ । युवा संघले ११ देखि १७ फागुनसम्म उपत्यकामा ‘केपी ओली कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने शुक्रबार पत्रकार सम्मेलनमार्फत जनाएको हो । नेकपा एमालेका अध्यक्ष ओलीको जमोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । 

प्रतियोगितामा आठ क्लब सहभागी हुनेछन्, जसमा आयोजकको एक टोली रहनेछ । सोहीअनुसार टोलीले केपी ओली फुटबल क्लब दर्ता गर्न लागेको हो । ‘आयोजकको तर्फबाट एक टोली सहभागी हुनेछ । जसमा संस्थापक अध्यक्षको नाममा क्लब दर्ता गर्नेछौँ,’ युवा संघका एक उच्च अधिकारीले भने । प्रतियोगिता आयोजनाका लागि युवा संघले नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)सँग स्वीकृत लिइसकेको छ ।  

केपी ओली कपमा आठ टोलीले सहभागिता जनाउने एन्फाका उपाध्यक्ष तथा युवा संघका सदस्य दीपक खतिवडाले बताए । उनका अनुसार १७ माघभित्र सहभागी हुन इच्छुक क्लबले टोली दर्ता गर्नुपर्नेछ । आयोजकको एक टोलीसहित ‘ए’ डिभिजन लिग खेल्ने आठ टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।  

मेघराज केसी मुख्य प्रशिक्षक
केपी एफसी क्लबको मुख्य प्रशिक्षकमा मेघराज केसीलाई नियुक्त गरिएको छ । स्रोतका अनुसार केसीलाई टोली निर्माण गर्ने जिम्मेवारी सुम्पिएको छ । ‘हाम्रो क्लबका प्रशिक्षक मेघराज केसी हुनेछन्,’ स्रोतले भन्यो । १९ फागुनबाट सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजनमा थ्री स्टार क्लबसँग केसीले सम्झौता गरेका छन् ।