
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना पार्टी सभापति रवि लामिछानेको नागरिकताको सम्बन्धमा गरेको आदेश कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
उपसभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको आकस्मिक बैठकले सर्वोच्चको आदेश कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको उपसभापतिसमेत रहेका श्रममन्त्री अर्याललाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले नयाँ पत्रिकालाई जानकारी दिए ।
बैठकले संसदीय दलको नेता पनि अर्याललाई नै बनाउने निर्णय गरेको छ । केन्द्रीय समितिको निर्णय संसदीय दलको आगामी बैठकले अनुमोदन गर्नेछ ।
बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य सहभागी थिए भने विराटनगरमा रहेका महामन्त्री ढकाल भर्चुअल सहभागी भएका थिए ।