Skip This
काम गर्दिएबापत इन्धन माग्छन् प्रहरी [भिडियाेसहित]
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काम गर्दिएबापत इन्धन माग्छन् प्रहरी [भिडियाेसहित]

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२५:oo

तनहुँको देवघाट इलाका प्रहरी कार्यालयले सेवाग्राहीलाई सेवा दिएबापत कार्यालयको सवारीसाधनका लागि इन्धन लिने गरेको छ। 

चेकिङमा परेका मोटरसाइकल, झगडा गरेर वा दुर्घटना प्रमाणित गर्न कार्यालय आएका सेवाग्राहीहरूसँग प्रहरीले इन्धन माग्ने गरेको भेटिएको हो। 
 
बिलबुक नभएकाले एक बाइकलाई  बिलबुकविना नै छाड्नका लागि आफ्नो कार्यालयमा रहेको गाडीमा  ५० लिटर डिजल हाल्दिन माग गरेपछि प्रहरी कार्यालयको बदमासी सार्वजनिक भएको छ। 

देवघाट इलाका प्रहरी कार्यालय इन्चार्ज वरिष्ठ सइ भेषराज रेग्मीले यो विषय स्वीकार पनि गरेका छन्। रेग्मीले बजेट चल्ने कार्यालय नभएको र कार्यालयमा गाडी आएको १५ दिन मात्र भएकाले बजेट नहुँदा आफूहरूले यसरी नै कार्यालयको गाडी चलाउन लागेको बताए।

उनले नयाँ पत्रिकासँग प्राप्त भएको एक भिडियोमा भनेका छन्, ‘गाडी आएको बल्ल १५ दिन भयो, लेखापढी भएको छ। बजेट आयो भने अर्को सालबाट आउँछ। कहिले बाइकवालालाई गर्नुपर्ला, कहिले झगडा गर्नेलाई गर्नुपर्ला, कहिले दुर्घटना प्रमाणित गर्दिनु भनेर कार्यालय आउनेलाई गर्नुपर्ला । अस्ति एउटा आएको थियो। मैले दुर्घटना प्रमाणित गर्दिएको तेल हाल्नुस् है भनेर २५ सय रुपैयाँ पैसा दिनुभयो २४ सय ७० रुपैयाँको तेल हालेर आएँ।’

सेवाग्राहीसित इन्धन माग्ने गरेको आरोप लगाए पनि रेग्मी भने जबर्जस्ती गरेर इन्धन नमागेको बताउँछन्। उनले भने, ‘नेपाल प्रहरीको ट्रेन्ट नै यस्तै छ, फोन गरेर बार्गेनिङ गरेको छैन।’

यद्यपि, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं सूचना अधिकारी पोषराज पोखरेलले प्रहरीको सवारीसाधनलाई सुरुदेखि नै इन्धन दिने गरेको बताए।

‘विगतमा गाडी दिएको धेरैपछि मात्र इन्धन दिने गरेको भए पनि शाेधभर्ना हुने गरी गाडी पाएको दिनदेखि नै इन्धन दिने व्यवस्था गरेका छौँ। तत्कालका लागि सोही कार्यालयको मौज्दातबाट व्यवस्था गर्नुपर्छ। गाडीसँगै इन्धन नदिए पनि हामी गाडी आएकै दिनदेखिको खर्च केही समयपछि पठाउँछौँ। स्थानीय पालिकासँग औचित्य र पारदर्शी हिसाबमा लिन मिल्यो, तर अरसँग, सेवाग्राहीसँग लिन मिल्दैन। म सम्बन्धित कार्यालयलाई भन्छु,’ पोखरेलले नयाँ पत्रिकालाई भने। 

अहिले तनहुँको देवघाट इलाका प्रहरीसँग बा.१झ ७४३३ नम्बरकाे प्रहरी भेन छ।