Skip This
काठमाडौं महानगरले हटायो नौ हजार होर्डिङ बोर्ड
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरले हटायो नौ हजार होर्डिङ बोर्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५९:oo

काठमाडौं महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड हटाएको छ। 

नियमविपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो। महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरीसहित चार टोली खटाएको छ। 

विशेषगरी नयाँ बानेश्वर,  कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगन्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारी जानकारी दिए। 

उनका अनुसार गएको असोज ७ मा मापदण्डबमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोहीअनुरुरूप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो।  

महानगरले आर्थिक ऐन, २०७९ बमोजिम ६ वर्ग फुटसम्मको वार्षिक रु. पाँच सय शुल्क निर्धारण गरेको छ। त्यसैगरी, १५ वर्ग फुटसम्मका लागि रु. एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रतिवर्गफुट रु. एक हजार शुल्क निर्धारण गरेको छ। 

महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारीसाधन करसहित ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ। विभिन्न स्थानमा राखिएका बोर्डबाट असुलउपर हुने रकम व्यवसाय करअन्तर्गत पर्दछ। 

चालू आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा रु. ५५ करोड लक्ष्य लिएकोमा पुस सम्म रु. ३१ करोड ४२ लाख असुलउपर गरेको डा. अघिकारीको भनाइ छ।  

लामो समयदेखि असुल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रूपमा उठिरहेको विभागको भनाइ छ। महानगरले पछिल्लो समय पटक–पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्याैता रकम पनि असुल हुन थालेको बताएको छ।