मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
रासस नेपालगञ्ज
२०७९ माघ १२ बिहीबार १३:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत : प्रवक्ता महत

Read Time : < 1 मिनेट
रासस, नेपालगञ्ज
२०७९ माघ १२ बिहीबार १३:२६:००

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका छन् । 

नेपाल प्रेस युनियन बाँकेले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो, तर कांग्रेस सरकारमा जान होइन । सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै कांग्रेसले सरकारको समर्थन गरेको हो ।’

‘गुण र दोषका आधारमा हामीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ, सरकारलाई समर्थन गरे पनि हामीहरू सरकारमा जाने भनेको होइन,’ उनले भने । डा. महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर्ने भनेकाले उक्त प्रतिबद्धताको परीक्षण गर्न पनि कांग्रेसले सरकारलाई समर्थन गरेको प्रस्ट पारे ।

संविधान रक्षाको जिम्मेवारी राष्ट्रिपतिको पनि भएकाले त्यसमा कांग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्यांकनमा त्रुटि भएकाले गठबन्धन भत्केको बताए ।

प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको दाबी रहेको, तर कांग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको पनि स्पष्ट पारे । उनले राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता इच्छुक रहेकाले उपयुक्त समयमा पार्टीले निर्णय गर्ने बताए ।