१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरा भूकम्प : एकको मृत्यु, एक घाइते, गौमुलेमा ३५ भेडा पुरिए [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पका कारण एकजनाको मृत्यु भएको छ। गौमुल गाउँपालिका–२, जुरेलीकी ३५ वर्षीय जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

गाउँ नजिकैको जंगलमा दिउँसो घाँस काट्ने वेला गएको भूकम्पका कारणमाथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

भूकम्पका कारण गौमुल गाउँपालिका–१, का रामदल बोहरा घाइते भएका छन्। जंगलमा भेडा चराइरहेका वेला भूकम्प जाँदा खसेको पहिरोमा परेर उनी सामान्य घाइते भएका प्रहरीले जनाएको छ। उक्त पहिरोमा ३५ वटा भेडा पुरिएर मरेको बुझिएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

भूकम्पले बाजुरा र बझाङमा बढी क्षति भएको छ। जुरामा २९ वटा घरमा क्षति पुगेको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘यीमध्ये केही घर पूर्ण रूपमा भत्केका छन्। यकिन विवरण आइसकेको छैन,’ डिएसपी थापाले भने, ‘कतिपय विकट क्षेत्रमा सञ्चार सम्पर्क हुन सकिरहेको छैन।’ बडिमालिका, बुढीनन्दा, हिमाली, गौमुललगायत पालिकामा घरमा बढी क्षति भएको देखिएको उनले बताए।