१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सूर्य नेपालले गर्‍यो ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:४८:oo

सूर्य नेपाल प्रालिले पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनस्थित अस्पताललाई सो एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

अस्पतालमा एम्बुलेन्सको अभाव हुँदा तुरुन्तै घाइते बिरामीको उद्धारमा कठिनाइ हुँदै आएको थियो । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गतको प्लेटफर्म सूर्य नेपाल आशामार्फत एम्बुलेन्स उपलब्ध गराएको हो । प्राप्त एम्बुलेन्स हाइवेका वरिपरि हुने दुर्घटनामा परेका बिरामीको उद्धारका लागि प्रयोग हुने कम्पनीले जनाएको छ । 

एक कार्यक्रमबीच विपद् व्यवस्थापनका प्रमुख एसपी अन्जनीकुमार पोख्रेललाई कम्पनीका भाइस प्रेसिडेन्ट कर्पाेरेट अफेयर्स रवि केसीले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् ।

ad
ad