Skip This
विमान दुर्घटना : ६० शव सम्बन्धित परिवारलाई बुझाइयाे
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ माघ ९ सोमबार २o:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विमान दुर्घटना : ६० शव सम्बन्धित परिवारलाई बुझाइयाे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार २o:१६:oo

पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ।

यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ।

‘आजसम्म ७० वटा शव पोस्टमार्टम भइसकेका र ६० शव (काठमाडौं र पोखरा) बाट सम्बन्धित परिवारलाई बुझाइसकेका छौँ,'  यती एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भएका चारजनाको शव बुझाउन बाँकी रहेको र सनाखत नभएका ६ जनाको शव सनाखत गरी परिवारका जिम्मा लगाउने प्रक्रियामा छन्।

हराइरहेका दुईजनाको शवको भने खोजी कार्य भइरहेको बताइएको छ। यस्तै, घटनास्थलबाट संकलन गरी फरेन्सिक विभागमा ल्याइएका मानव अंगको डिएनए परीक्षण कार्य भइरहेको एयरलाइन्सले जनाएको छ। रासस