मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Wednesday, 02 September, 2026
२o७९ माघ ९ सोमबार १६:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा देशभर विद्युत् आपूर्ति बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार १६:४६:oo

पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द भएको छ। आज बिहान साढे सात बजे राष्ट्रिय ग्रिडमा समस्या आएपछि देशभर विद्युत् सेवा बन्द भएको पाकिस्तानको ऊर्जा मन्त्रालयले जनाएको छ।

बिबिसीका अनुसार कराँची, राजधानी इस्लामाबाद, लाहोर, पेसावरलगायतका मुख्य सहरमा विद्युत् सेवा बन्द छ। पाकिस्तानको बिजुली वितरण प्रणाली नाजुक र जोखिमपूर्ण रहेको कारण ग्रिडको एक भागमा आएको समस्याले देशभर सेवा बन्द गर्नुपर्ने अवस्था रहेको पाकिस्तानका सञ्चारमाध्यमले जनाएका छन्। 

पछिल्लो दुई वर्षमा देशभर तीन घन्टाभन्दा धेरै समय विद्युत् सेवा बन्द भएको आज दोस्रोपटक हो। यसैबीच संसद् भवनमा विद्युत् आपूर्ति बन्द भएपछि पाकिस्तानको राष्ट्रिय सभाको कार्यालय र सिनेट सचिवालय तीन दिनका लागि बन्द गरेको बिबिसीले जनाएको छ।

सिनेटका अध्यक्ष र राष्ट्रिय सभाका सभामुखले जतिसक्दो चाँडो काम गर्न र सावधानी अपनाउन अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले आज बेलुका ४ बजेदेखि बुधबार बिहान ११ बजेसम्मका लागि हुने सबै बैठक स्थगित गरेका छन्।