Skip This
समयमै पाठ्यपुस्तक उपलब्ध गराउन संसदीय समितिको निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ९ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ माघ ९ सोमबार १६:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समयमै पाठ्यपुस्तक उपलब्ध गराउन संसदीय समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ माघ ९ सोमबार १६:oo:oo

संसदीय समितिले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालयले पाठ्यपुस्तक पाउने गरी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबारकाे बैठकले आगामी शैक्षिक सत्रका लागि पाठ्यपुस्तक उपलब्ध हुने कुराको सुनिश्चित गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । सम्बन्धित मन्त्रालय र मातहतका निकायहरूसँग गहन छलफल गरी समयमा विद्यालयहरूले पाठ्यपुस्तक पाउने कुराको सुनिश्चित गर्न सरकारलाई निर्देश गरिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए ।

बैठकमा विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले आगामी शैक्षिक सत्रबाट समयमै पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था गर्न सरकारसँग माग गरे ।

कागजको अभाव देखाएर आगामी शैक्षिक सत्रमा पनि समयमा पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने अवस्थाको तत्काल अन्त्य हुने गरी कागज खरिदका लागि जिटुजी विधि अपनाउँदा उपयुक्त हुने सुझाव दिए।

बैठकमा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध–निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक उपलब्ध गराउने गरी काम भइरहेको बताए । उनले त्यसका लागि कागजको समेत अभाव नहुने गरी व्यवस्थापन भइरहेको समितिलाई जानकारी गराए ।