१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
एजेन्सी क्यालिफोर्निया
Invalid date format o९:o७:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

क्यालिफोर्नियामा गोली चल्दा १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
एजेन्सी, क्यालिफोर्निया
नयाँ पत्रिका
Invalid date format o९:o७:oo

 क्यालिफोर्नियाको मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

चान्द्रमानअनुसार मनाइने नववर्षको अवसरमा आयोजित एक मेलामा त्यसअघि त्यहाँ हजारौँ मानिस भेला भएका थिए । श्निबार राति भएको गोलीकाण्डका संदिग्ध फरार छन् । लस एन्जलस काउन्टी सेरिफ विभागले गोलाबारीका संदिग्ध पुरुष भएको जनाएको छ । आक्रमणपछि सहरमा प्रहरीको बाक्लो उपस्थिति थियो ।

बिबिसीका अनुसार सो हमला चन्द्रमा नयाँ वर्षको उत्सवसँग सम्बन्धित छैन । लस एन्जलस सहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा करिब ६१ हजार मानिस बस्छन्, जसमध्ये अधिकांश एसियाली मूलका अमेरिकी हुन् । बन्दुक हिंसासम्बन्धी तथ्यांक संकलन गर्ने एउटा वेबसाइटका अनुसार गत वर्ष ६४७ वटा सामूहिक गोलीकाण्ड भएका थिए ।अमेरिकी कानुनले चार वा सोभन्दा बढी व्यक्तिले गोली हानेको घटनालाई सामूहिक गोलीकाण्डका रूपमा परिभाषित गरेको छ ।

अमेरिकामा सन् २०२२ मा गोली लागेर ४४ हजारभन्दा बढीको मृत्यु भएको थियो, जसमध्ये आधाभन्दा बढी आत्महत्यासम्बन्धी घटना थिए । अमेरिकामा तीन वयस्कमध्ये एकजनासँग कम्तीमा एउटा हतियार रहेको छ र दुई वयस्कहरूमध्ये लगभग एकजना हतियार भएको घरमा बस्छन् ।