१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १७:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक जग्गामा बनाइएको घरमा धरान उपमहानगरले डोजर चलायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

धरान उपमहानगरपालिकाले खोला किनाराका सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घरमा डोजर चलाएको  छ। उपमहानगरले आइतबार वडा नं. ५ देउरालीस्थित खार खोला र अँधेरी खोलाको संगमस्थलमा बनेको एकतले पक्की घर भत्काएको हो।

उपमहानगरपालिकाले सो क्षेत्रमा बहुजातीय रंगशाला बनाउने निर्णय गरेको थियो। सार्वजनिक जग्गामा घर नबनाउन गरिएको निर्देशन अटेर गरेर घर बनाएपछि भत्काइएको उपमहानगरले जनाएको छ। मुना चौधरी लिम्बूको उक्त घर भत्काउन उपमहानगरले नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको थियो।

घर भत्काउने क्रममा दोहोरो झडपसमेत भएको प्रहरीले जनाएको छ। दोहोरो झडप हुँदा उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ। डोजरको सिसा फुटेका छन्। धरान उपमहानगरपालिकाले बहुजातीय रंगशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास बस्न थालेपछि गरिएको पटक-पटकको आग्रह अटेर गरेकाले हो। भत्काएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए।

पूर्ववडाध्यक्ष सन्तोष लिम्बूसहित स्थानीय उपमहानगरको विरोधमा उत्रिएका थिए। पहिलेदेखि नै सो जग्गाको भोगचलन गर्दै आएको भन्दै लिम्बूले खोलाको भाग सीमांकन गर्नुपर्ने माग राखेका थिए। यसअघि पनि प्रहरी सो स्थानमा सो घर भत्काउन पुगेको थियो। स्थानीयको विरोधपछि पछि हटेको उपमहानगरले आइतबार भने उक्त घरमा डोजर लगाएको हो।