१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ८ आइतबार
  • Sunday, 11 May, 2025
रमेश रावल सुर्खेत
२o७९ माघ ८ आइतबार o९:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुर्खेतमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ माघ ८ आइतबार o९:२९:oo

सुर्खेतमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो । 

जिप आइतबार बिहान २:३० बजे अनियन्त्रित भई सडकदेखि ७०–८० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सुर्खेत वीरेन्द्रनगरका २७ वर्षीय सागर शाही, दैलेख डुंगेश्वर गाउँपालिका– ५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ बस्ने वर्ष ३१ को बबिन शाही, दैलेख गुराँस गाउँपालिका– ३ बस्ने वर्ष ३६ को राजेन्द्र विसीको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

दैलेख भैरवी गाउँपालिका– ५ बस्ने अन्दाजी २५–२६ वर्षीय वीरेन्द्रराज शाहीको छातीमा चोट लागेको हुँदा उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।