
चीनको दक्षिणपश्चिम तिब्बत स्वायत्त क्षेत्रको निङ्ची शहरमा गएको हिमपहिरोमा परी २८ जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ ७ः५० मा गएको हिमपहिरोमा परेकाहरुको खोज तथा उद्धार कार्य शुक्रबार साँझ ५ः३० मा सम्पन्न भएको बताइएको छ । हिमपहिरोपछि काउन्टीलाई निङ्ची प्याड टाउनशिपसँग जोड्ने सुरुङबाट बाहिर निस्कने राजमार्ग अवरुद्ध भएको थियो भने यात्रु तथा सवारी साधनहरू बाटोमै फसेका थिए ।
यस क्षेत्रका सडक कच्ची रहेको तथा भू–धरातलसमेत उबडखाबड रहेकाले उद्धारमा कठिनाइ भएको थियो ।