मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सौरभ यादव राजविराज
२०७९ माघ ७ शनिबार १२:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नर्सिङ कलेज हस्तान्तरण गर्न पटकपटक पत्राचार, नगरपालिकाद्वारा सधैँ बेवास्ता

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ माघ ७ शनिबार १२:२८:००

गजेन्द्रनारायण सिंह अस्पतालको परिसरभित्र रहेको नर्सिङ कलेजको भवन हस्तान्तरण गर्न अस्पतालले पटकपटक पत्राचार गरेपनि राजविराज नगरपालिकाले चासो दिएको छैन । पालिकाले अस्पताललाई कलेज हस्तान्तरण नगर्दा झन्डै सात करोड लागतमा निर्माण भएको पूर्वाधार प्रयोगविहीन भएको छ ।

तत्कालीन सांसद उपेन्द्र यादवबाट सांसद कोषको पाँच करोड ८० लाख र बाँकी प्रदेश सरकारबाट गरी कुल ६ करोड ९२ लाख रुपैयाँ लगानीमा कलेज निर्माण गरिएको हो । ठेकेदार कम्पनी कन्तेक–चक्रेश्वरी जेई जेभीले नर्सिङ कलेजको भवन निर्माण सम्पन्न गरेर गत असोजमै राजविराज नगरपालिकालाई हस्तान्तरण गरेको हो । तर, वैशाखमा निर्माण सम्पन्न भएको कलेज नौ महिना हुँदासमेत सञ्चालनमा आउन सकेको छैन ।

अस्पताल स्रोतका अनुसार नर्सिङ कलेज  हस्तान्तरण गर्न अस्पतालले नगरपालिकालाई दुई–तीन पटक पत्राचार गरिसकेको छ । तर, राजविराज नगरपालिकाले भने बेवास्ता गर्दै आएको छ । नर्सिङ कलेजको भवन हस्तान्तरण गर्न नगरपालिकालाई पत्राचार गरिएको  गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिडेन्डेन्ट डा. प्रकाशप्रसाद साहले बताए  । उनले भने, ‘नर्सिङ कलेजको भवन हस्तान्तरण हुने बित्तिकै नीति, कानुन तथा कार्यविधि बनाएर नर्सिङ कलेज सञ्चालनमा ल्याउँछौं ।’ सुरुमा पिसिएल लेभलको पढाइ सुरु गर्ने तयारी रहेको उनले बताए ।

राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले दुई–चार दिनभित्रै कलेजको उद्घाटन गरेर अस्पताललाई हस्तान्तरण गरिने बताए ।