Skip This
गाउँपालिकामा लगाइएको ताला ६ घण्टापछि खुल्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ ४ बुधबार
  • Tuesday, 11 August, 2026
२o७९ माघ ४ बुधबार १८:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गाउँपालिकामा लगाइएको ताला ६ घण्टापछि खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ ४ बुधबार १८:२७:oo

सर्केगाड गाउँपालिकाको कार्यालयमा लगाएको ताला खोलिएको छ। बिहान १० बजे लगाएको ताला ६ घण्टापछि खोलिएको छ। 

गाउँपालिकाको स्वास कार्यक्रमका लागि आवश्क पर्ने कर्मचारीहरूको सूचना प्रकाशन गरी सटलिस्टमा नाम आउट भएसँगै त्यसको विरोधमा स्थानीयले बुधबार बिहान १० बजेदेखि सर्केगाड गाउँपालिका कार्यालयमा ताला लगाएका थिए।

प्रदेशअन्तर्गतको उक्त कार्यक्रमका लागि ४ जना कर्मचारीको आवश्यकता भएसँगै यसअघि नै सूचना प्रकाशन भएको थियो।

 सूचना प्रकाशनको आधारमा भोलि बिहीबार परीक्षासमेत तोके पनि आफूहरूको नाम लिस्टमा नपरेको विरोधमा स्थानीयले विरोध जनाएका थिए। तर, सूचनामा अधिकांश व्यक्तिहरूको नाम लिस्टमा नपरेपछि गाउँपालिका कार्यालय तालाबन्दी गरिएको खबर प्राप्त भएको थियो।

जसको विरोधमा दिनभरि ताला लगाए पनि अहिले बेलुका अबेर गर्दै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामराज शाही र स्थानीय तालाबन्दी गर्ने व्यक्तिहरूबीच छलफल भएपछि सो ताला खोलिएको गाउँपालिकाका सुर्खेतमा रहेका उपाध्यक्ष चन्द्रसिंह कार्कीले बताए।

कार्कीका अनुसार गाउँपालिकाले भोलिका लागि तोकेको परीक्षा भने स्थगित गर्ने सहमति भएपछि ताला खोलिएको उपाध्यक्ष कार्कीको भनाइ छ। 

आज दिनभरि गाउँपालिका कार्यालय बन्द भएपछि सेवा लिन आउने सेवाग्राही भने रित्तै फर्कनुपर्ने बाध्यता छ। गाउँपालिकाको स्वास कार्यक्रममा सिँचाइ, ढल निकास र खानेपानीका कार्यक्रम सञ्चालन हुने भएको खबरमा उल्लेख गरिएको छ।