१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाग्लुङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:२९:oo

बाग्लुङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बाग्लुङ नगरपालिका– ८ सिगानामा बा.२क ९२५८ नम्बरको टिपर दुर्घटना हुँदा ४३ वर्षीय राजु मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ। 

मकवानपुर जिल्ला घर भएका माेक्तानको सोही टिपरको चालक थिए। बाग्लुङ नगरपालिका– ८ सिगानादेखि वडा नम्बर ३ काँठेखोला सामान लिन आएको टिपर दुर्घटना भएको हो। चालक मोक्तानको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए। 

बाग्लुङ सदरमुकामदेखि गुल्मीको शान्तिपुर जोड्ने गरी निर्माण भइरहेको सडकमा ढुवानी गर्दै आएको टिपर दुर्घटनामा परेको हो। उक्त टिपर घुम्ती मोड्ने क्रममा सडकदेखि दुई सय मिटर तल खसेको थियो। 

ad
ad