Skip This
कोकाकोलाको ‘सक्षम’ तालिमबाट हजारभन्दा बढी महिला लाभान्वित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ ३ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ माघ ३ मंगलबार १५:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कोकाकोलाको ‘सक्षम’ तालिमबाट हजारभन्दा बढी महिला लाभान्वित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ माघ ३ मंगलबार १५:२५:oo

कोकाकोलाले आफ्नो ‘सक्षम’ तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्ट सञ्चालन गर्ने महिला व्यवसायीको सीप विकास तथा सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमबाट एक हजारभन्दा बढी महिला लाभान्वित भएको कम्पनीले जनाएको छ ।

गत ८ मार्च अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोकाकोलाले आफ्नो बोटलिङ पार्टनर बोट्लर्स नेपालसँग मिलेर ‘सक्षम’ कार्यक्रमको सुरुवात गरेको थियो । प्रदेश १, मधेस, बागमती र गण्डकीका मुख्य सहरहरूमा एक–एक दिन यो कार्यक्रम सञ्चालन गरिएको थियो ।

बोट्लर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले नेपालमा महिला उद्यमशीलता एक कदम अघि बढेको दाबी गरे । ‘काठमाडौं उपत्यकाबाहिर विशेष गरी धेरै खुद्रा पसल र रेस्टुरेन्टहरू छन्, जुन महिलाले चलाउँछन् । त्यस्ता महिलालाई आइपर्न सक्ने चुनौतीको सामना गर्न सक्षम बनाउने उद्देश्यले कोकाकोलाले सक्षमजस्ता तालिम कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ,’ उनले भने ।

नेपाल सरकारको पन्ध्रौँ राष्ट्रिय योजना (०७६/७७–०८०/८१) अनुरूप महिलाको समान र अर्थपूर्ण सहभागिताको माध्यमबाट पूर्ण लैंगिक समानता हासिल गर्ने उद्देश्यलाई पनि यो पहलले सघाउ पुर्‍याउने कम्पनीको विश्वास छ ।