मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २ सोमबार ११:३२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगानिस्तानकी पूर्वसांसदको गोली हानी हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २ सोमबार ११:३२:००

अफगानिस्तानमा एक पूर्वसांसदको गोली हानी हत्या भएको छ। समाचार संस्था रोयटर्सका अनुसार ३२ वर्षीया मरसल नविजादाको हत्या भएको हो । 

काबुलस्थित आफ्नै घरमा बसिरहेका वेला उनीमाथि गोली हानिएको थियो । आक्रमणकारीले पूर्वसांसद नविजादासँगै उनका सुरक्षागार्डको पनि हत्या गरेका छन् । गोली लागेका नविजादाका भाइ भने खतरामुक्त रहेको बताइएको छ । 

नविजादा सन् २०१८ मा काबुलबाट तत्कालीन संसद्को तल्लो सदनमा निर्वाचित भएकी थिइन् । तर, सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै उनी पदमुक्त भएकी थिइन् । अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडे पनि उनी स्वदेशमै बसिरहेकी थिइन् ।