
सरकारले पोखरामा भएको विमान दुर्घटनाबारे जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।
दुर्घटनासम्बन्धी जानकारी लिन चाहने परिवार, आफन्त र अन्य सरोकारवालाहरूका लागि सम्पर्क गर्न कल सेन्टर स्थापना गर्ने निर्णय भएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटिआर–७२ कलसाइनको यती एयरलाइन्सको विमान आज बिहान पोखराको सेती किनारामा दुर्घटना भएको थियो ।
दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले मृतकको पार्थिव शरीर बुझ्न र आफ्नो–आफ्नो स्थानमा लैजान चाहनेका लागि सहजीकरण गर्न आवश्यक प्रबन्ध मिलाउने निर्णयसमेत गरेको छ ।