१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार २o:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बागमती गोल्डकप : अमेरिकाको भुट्निज स्पोर्टस् फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २o:३२:oo

पहिलो सहभागितामै अमेरिकाको भुट्निज स्पोर्टस् क्लब बागमती गोल्डकप पाँचौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ। 

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा तेस्रो संस्करणको विजेता टोली जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै भुट्निजले फाइनलमा स्थान बनाएको हो। 

भुट्निजको जितको लागी प्रविण श्रेष्ठले गोल गरे। उनले खेलको ३४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनले जावलाखेलका गाोलरक्षक देव लिम्बू अघि बढेको मौकामा तीनजना डिफेन्डरलाई छक्याउँदै गरेको प्रहार गोलमा परिणत भएको थियो।

पहिलो हाफमै १–० ले पछि परेको जावलाखेलले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गरेको थियो। तर, खेलको ७०औँ मिनेटमा जावलाखेलका सिमान्त थापा मुख्य रेफ्री प्रकाशनाथ श्रेष्ठसँग विवादमा उत्रिएपछि दोहोरो पहेँलो कार्ड खाँदै मैदान छोड्न बाध्य भए।

१० खेलाडीमा सीमित भएको जावलाखेलले भुट्निज स्पोर्टसलाई रोक्न गरेका केही प्रयासहरू भुट्निजका गोलरक्षक पुजन थापामगरले असफल पारिदिए। भुट्निजको जितका लागि निर्णायक गोल गरेका प्रवीण बस्नेत खेलको म्यान अफ द म्याच भए। उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। 

जारी प्रतियोगितामा आइतबार दोस्रो सेमिफाइनलमा मकवानपुर ११ र संकटा क्लब एकआपसरमा भिड्नेछन्। माघ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले ५१ हजार र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद १०-१० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। 

ad
ad