Skip This
तीन महिनाभित्र मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछाैँ : मुख्यमन्त्री यादव
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३० शनिबार
  • Tuesday, 13 May, 2025
सौरभ यादव राजविराज
२o७९ पौष ३० शनिबार १८:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन महिनाभित्र मधेस प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउँछाैँ : मुख्यमन्त्री यादव

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o७९ पौष ३० शनिबार १८:३६:oo

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन महिनाभित्र भ्रष्टाचारमुक्त प्रदेश बनाउने बताएका छन्। शनिबार सप्तरीको छिन्नमस्ता मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री यादवले यस्तो बताएका हुन्।

उनले भने, 'देशैभर क्यान्सरजस्तै मौलाइरहेको भ्रष्टाचार नियन्त्रण गर्न नसके पनि मधेस प्रदेशलाई ३ महिनाभित्र भ्रष्टाचारमुक्त प्रदेश बनाइसकेपछि मात्र विकासका कामलाई गति दिने बताएका छन्।

प्रदेश सरकारभन्दा संघीय सरकारमा बढी भ्रष्टाचार भइरहे पनि मधेसलाई बढी बदनाम गरिएको मुख्यमन्त्री यादवले औँल्याएका छन्।

साथै, छिन्नमस्ताको विकासका लागि छिन्नमस्ता भगवती मन्दिरले माग गरेका विभिन्न विकासीय योजनाभन्दा बढी विकासका काम हुने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।