Skip This
विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ : नैनसिंह महर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ३० शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ३० शनिबार १६:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ : नैनसिंह महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ३० शनिबार १६:१८:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूलाई पदाधिकारीविनाको समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

शनिबार नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महरले पदाधिकारीविनाको समिति गठन गर्नु विधानविपरीत हुने बताए। ‘पार्टीमा नेताहरूलाई सबै पद चाहिने। तर, नेविसंघ, तरुणदल र महिला संघजस्ता भ्रातृ संस्थामा अरूका लागि पद चाहिन्नँ भन्ने कुरा हुँदैन। यसले पार्टीलाई राम्रो गर्दैन। हिजो भ्रातृ र शुभेच्छुक संस्था अपडेट नभएकै कारण चुनावमा हामीले करिब सात लाख मत कम पाएका छौँ,’ उनले भने।

जनता र पार्टीका बीचमा सम्बन्ध स्थापित गर्न भ्रातृ संस्थाहरूको भूमिका ठूलो हुने उनको तर्क छ।  १० वर्षसम्म पनि पार्टीका भ्रातृ संस्थाको महाधिवेशन हुन नसक्नु दुःखद भएको भन्दै उनले पदाधिकारीसमेत नबनाई पार्टीको ठूलो शक्तिलाई बहिर्गमन गर्नु पार्टीका लागि राम्रो नहुने प्रस्ट पारे।