१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार ११:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

रचना रिमालको ‘दिलराजा’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:४६:oo

गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको ‘दिलराजा’ बोलको गीतको भिडियो रिलिज भएको छ ।

सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको रहेको छ । काठमाडौँको चोभार, कपन, भद्रकालीलगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्वय गरिमा शर्मा र सुधीर श्रेष्ठको कलात्मक अभिनय देख्न सकिन्छ ।

लोकप्रिय गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुब्रत आचार्य अतिथी कलाकारको रुपमा छन् । शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । जसको निर्माण दिपखुशी लामाले गरेकी हुन् । भिडियो निर्मात्री लामाकै अफिसियल च्यानलबाट बजारमा आएको हो।

ad
ad