Skip This
महालक्ष्मी विकास बैंकको १०.४७ प्रतिशत लाभांश पारित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २९ शुक्रबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष २९ शुक्रबार १६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

महालक्ष्मी विकास बैंकको १०.४७ प्रतिशत लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष २९ शुक्रबार १६:२४:oo

महालक्ष्मी विकास बैंक लिमिटेडकोे २१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार लैनचौरस्थित लैनचौर बेंक्वेटमा भएको साधारणसभाले आ.व. ०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित ०७९ असार मसान्तको वासलात, आ.व. ०७८/७९ को नाफा–नोक्सानको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू स्वीकृत भएको हो ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको चार प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.४७ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताको रूपमा भित्र्याउने प्रस्तावसमेत पारित गरेको छ ।

ad
ad
ad
ad