मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २८ बिहीबार
  • Thursday, 10 July, 2025
२o७९ पौष २८ बिहीबार १७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हत्या अभियोगका फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २८ बिहीबार १७:३३:oo

लमजुङ प्रहरीले हत्या अभियोगमा फरार अभियुक्तलाई पाँच वर्षपछि पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका राइनास नगरपालिका– ९ बस्ने ४२ वर्षीय बेलराम गुरुङलाई पक्राउ गरेको हो।

०७४ मंसिर ११ गते राति साढे ९ बजेको समयमा राइनास– ९ कुडुलेका ५४ वर्षीय हितमान श्रेष्ठलाई चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरी गुरुङ फरार भएका प्रहरीले जनाएको छ।

घटनालगत्तै फरार रहेका प्रतिवादी चितवनमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा लमजुङबाट खटिएको विशेष अनुसन्धान टोलीले गुरुङलाई भरतपुर महानगरपालिका– १६ विजयनगरबाट पुस २७ गते  पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए। गुरुङ आफ्नो नाम र ठेगाना परिवर्तन गरी चितवन बस्दै आएका थिए।

पक्राउ परेका गुरुङलाई लमजुङ जिल्ला अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप अनुमति लिई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान कार्य भइरहेको  प्रहरीले जनाएको छ।