१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ पौष २८ बिहीबार १०:२८:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

ज्याक मा : चीनप्रतिको अभिव्यक्तिले आफैँ संकटमा

Read Time : > 2 मिनेट
२०७९ पौष २८ बिहीबार १०:२८:००

ज्याक मा सन् २०२० मार्चमा भारतको कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी व्यक्ति बने । तर, सन् २०२० अक्टोबरमा चीन सरकारबारे उनले दिएको अभिव्यक्तिपछि उनले समस्या झेल्न सुरु गरे । फलतः चीनको एन्ट ग्रुप उनको नियन्त्रणबाहिर गएको छ । 

चीनको अग्रणी फिनटेक कम्पनी एन्टमा ज्याक माको मतदान अधिकार कम गरिएको छ । कुनै वेला सोही कम्पनीमा ज्याकको मतदान अधिकार ५० प्रतिशतभन्दा बढी थियो । तर, अहिले घटेर ६.२ प्रतिशतमा खुम्चिएको छ । साथै, कम्पनीमा उनको स्वामित्व पनि करिब १० प्रतिशत मात्रै बाँकी रहेको छ । एन्ट ग्रुप चीनको चर्चित ई–कमर्स कम्पनी अलिबाबाको सहयोगी हो । 

अंग्रेजी शिक्षकबाट करिअरको सुरुवात
ज्याकको जन्म १० सेप्टेम्बर १९६४ मा भयो । बाल्यकालदेखि नै उनलाई अंग्रेजीको चस्का लागेको थियो । अंग्रेजीप्रति कतिसम्म लगाव थियो भने नौ वर्षको हुँदा टुरिस्ट गाइड गर्न २७ किलोमिटर साइकल चलाएर जान्थे । यसरी उनले अंग्रेजी भाषा सुधार गर्न थाले । पछि कलेजमा भर्ना हुने समय आयो । तर, यसका लागि उनले तीन वर्ष खर्चिनुप¥यो ।

ग्य्राजुएसनपछि उनले अंग्रेजी शिक्षकका रूपमा आफ्नो करिअर सुरु गरे । जागिरका लागि ३० पटकभन्दा बढी आवेदन दिए । नतिजा जताबाट पनि निराश आयो । केही सीप नलागेपछि उनले प्रहरीमा भर्ती हुने कोसिस पनि गरे । दुर्भाग्य ! त्यहाँ पनि उनी सफल हुन सकेनन् । 

एकपटक चीनमा केएफसीको ब्रान्च खुल्यो । उक्त ब्रान्चमा जागिरको अवसर थियो । त्यसलाई पछ्याउँदै उनी अन्तर्वार्ता दिन गए । तर, २४ जनामध्येबाट २३ जना छनोट भए । उनी मात्रै रिजेक्ट भए । 

सन् २०१४ मा अलिबाबाले अमेरिकामा २५ अर्ब डलरको आइपिओ ल्यायो । र, विश्वको मूल्यवान कम्पनीको सूचीमा सूचीकृत भयो । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आइपिओ थियो ।

आँखा खोलिदिने अमेरिका
सन् १९९५ मा उनी आफ्ना केही साथीसँग अमेरिका पलायन भए । त्यहाँ पुगेपछि उनले इन्टरनेटमा चीनबारे सामग्री खोजे । तर, भेटेनन् । खोजेको चिज नभेटेपछि पुनः चीन फर्केर इन्टरनेट कम्पनी सुरु गरे । 

यसमा लगानीकर्ता तुरुन्तै लगानी गर्न राजी भए । ज्याकलाई कम्प्युटरबारे खासै जानकारी थिएन । तर, ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ उनले अनलाइन बिजनेस थाले । सन् १९९९ मा ज्याकले साथीहरूसँग मिलेर ई–कमर्स कम्पनी अलिबाबाको स्थापना गरे । कम्पनी स्थापनाको सुरुवाती चरणमा चीनका मान्छेले उनलाई ठग भन्ठाने । तर, बिस्तारै इन्टरनेटको विस्तारबाट अलिबाबाको कारोबार बढ्न थाल्यो । 

थुप्रै कम्पनी स्थापना
पछि ज्याक माले ताओबाओ मार्केटप्लेस, अलि–पे, अलिमामा र लिंक्सजस्ता कम्पनी स्थापना गरे । चीनमा अलि–पेले नगद, चेक र क्रेडिट कार्डलाई धेरै हदसम्म निरुत्साहित गर्न सफल भयो । अमेरिकी कम्पनी ई–बेले ताओबाओ खरिद गर्ने अफर ल्याएको थियो । तर, यस्तो प्रस्तावलाई ज्याकले अस्वीकार गरे । याहुका सहसंस्थापक जेरी याङले ताओबाओमा एक अर्ब डलर लगानी गरे । त्यसपछि कम्पनी दिन दुईगुना र रात चौगुना बढ्न थाल्यो । 

मुकेश अम्बानीलाई पछि पारे 
सन् २०१४ मा अलिबाबाले अमेरिकामा २५ अर्ब डलरको आइपिओ ल्यायो । र, विश्वको मूल्यवान् कम्पनीको सूचीमा सूचीकृत भयो । यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आइपिओ थियो । मार्च २०२० मा ज्याकले भारतीय खर्बपति मुकेश अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी व्यक्ति बने । तर, सोही वर्ष अक्टोबरमा उनले दिएको एउटा अभिव्यक्ति आफ्नै लागि गलपासो बन्यो । ज्याकले चीनका बैंकलाई साहुकारको जस्तो मानसिकता भएको आरोप लगाएका थिए । त्यसपछि उनका दुई कम्पनी एन्ट र अलिबाबाका नराम्रा दिन सुरु भए । 

नेटवर्थमा गिरावट
चीन सरकारले एन्ट कम्पनीको ३७ अर्ब डलरको आइपिओ बन्द गरेको थियो । साथै, अलिबाबामाथि २.८ अर्ब डलरको जरिवानासमेत लगाएको थियो । ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार उनको नेटवर्थ अब ३४.१ अर्ब डलर पुगेको छ । कुनै वेलाका एसियाकै धनाढ्य ज्याक यससँगै धनीका सूचीमा ३४औँ नम्बरमा झरेका छन् । यो लिस्टमा अम्बानी ८६.८ अर्ब डलरको नेटवर्थसँगै एसियाको दोस्रो र विश्व धनाढ्यको आठौँ नम्बरमा छन् ।