Skip This
कामपाद्वारा तीन वर्षको आय प्रक्षेपण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:४१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कामपाद्वारा तीन वर्षको आय प्रक्षेपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:४१:oo

काठमाडौं महानगरपालिकाले आगामी तीन वर्षको आय प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष  ०८०/८१,  ०८१/८२ तथा  ०८२/८३ का लागि आय प्रक्षेपण गरेको हो । आव  ०८०/८१ को आय ११ अर्ब ८० करोड २० लाख, आव  ०८१/८२ को १३ अर्ब १२ करोड ३० लाख तथा आव  ०८२/८३ को १३ अर्ब ६६ करोड ३० लाख प्रक्षेपण गरिएको छ ।

संघीय सरकार, प्रदेश सरकार र अन्य निकायबाट प्राप्त हुने, ससर्त तथा निःशर्त अनुदान, राजस्व बाँडफाँड, रजिस्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि करलगायत शीर्षकको सिलिङ प्राप्त नभएकाले प्रक्षेपण गरिएको अंक थपघट हुन सक्ने कामपा राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए । 

तीन वर्ष कोरोनाका कारण अपेक्षाकृत रूपमा राजस्व संकलन हुन नसके पनि आगामी वर्षमा लक्ष्यअनुरूप आय हुने विश्वास कामपाले लिएको छ । चालू आवका लागि कामपाले १० अर्ब ३९ करोड राजस्व असुल गर्ने लक्ष्य लिएकामा यही १५ पुससम्ममा चार अर्ब ३४ करोड असुल गरिसकेको अधिकारीले बताए । गत आवको सोही अवधिमा तीन अर्ब ६९ करोड राजस्व जम्मा भएको थियो ।

गत वर्षको तुलनामा सोही अवधिमा यस वर्ष एक करोडले बढी राजस्व असुल गर्न सफल भएको अधिकारीले  जानकारी दिए । गत आवमा कोरोनाको त्रास कायमै रहेकाले नौ अर्ब आठ करोड मात्र राजस्व असुलीको लक्ष्य लिइएको थियो ।

मुख्य गरी सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ । कामपाले सात वर्षदेखि सम्पत्ति करमा पुनरावलोकन गरेको छैन । कामपाको राजस्व ऐन २०७५ को दफा ८ (१) मा हरेक दुई वर्षमा कर पुनरावलोकन गर्न सकिने व्यवस्था छ ।