Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १० शुक्रबार
  • Friday, 24 March, 2023
रमेश सुवेदी काठमाडौं
२०७९ पौष २७ बुधबार १३:५७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

उपाधि जित्न विराटनगरलाई १३४ रनको लक्ष्य 

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०७९ पौष २७ बुधबार १३:५७:००

पहिलो संस्करणको नेपाल टी–२० लिग च्याम्पियन बन्न विराटनगरले एक सय ३४ रनको रनको लक्ष्य पाएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी अल स्टार्सले १९.३ ओभरमा नाै विकेट गुमाउँदै एक सय ३३ रन बनायो । 

लुम्बिनीका लागि श्रीलंकन खेलाडी लाहिरू मिलन्थाले सर्वाधिक ४१ रन बनाए । ओपनर मिलन्थाले २८ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । अर्का ओपनर हर्मित सिंहले १८ बलमा तीन चौका र दुई छक्कासहित ३० रन बनाए । दुवैले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । 

मध्यक्रमका ब्याटर तथा कप्तान  दीपेन्द्रसिंह ऐरीले २० र इशान पाण्डेले १८ रन बनाए । बाँकी खेलाडीले उल्लेख्य योगदान गर्न नसकेपछि लुम्बिनी बलियो स्कोर बनाउन असफल भयो । लुम्बिनीले एक्स्ट्रा चार रन पाएको हो । 

बलिङतर्फ विराटनगरका नन्दन यादव र राज नाननले समान दुई–दुई विकेट लिए । केओन जोसेफ, सूर्य तामाङ र कप्तान रोहित पौडेल एक–एक विकेट लिन सफल भए । 

विराटनगरले केही समयमा जवाफी ब्याटिङ सुरु गर्नेछ । प्रतियोगिताको विजेताले ५० लाख पाउँदा उपविजेताले ३० लाख पाउनेछ । 

तेस्रोले भएको जनकपुर रोयल्सले दश र चौथो भएको काठमाडौं नाइट्सले पाँच लाख पाए । यसैगरी, सर्वाेत्कृष्ट खेलाडीले पाँच लाख पाउनेछन् । उत्कृष्ट ब्याटर र बलरले समान दुई लाख पचास हजार पाउनेछन् । 

प्रतियोगितामा लुम्बिनी, विराटनगर, जनकपुर, काठमाडौं, फार वेस्ट युनाइटेड, पोखरा एभेन्जर्स सहभागी भएका थिए ।