मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १७ शुक्रबार
  • Friday, 31 March, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २५ सोमबार १८:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यस्ता छन् सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २५ सोमबार १८:०७:००

सरकारले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ। शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक समृद्धि र सन्तुलित कूटनीतिलाई मुख्य प्राथमिकता दिएर सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम ल्याएको छ। 

साझा कार्यक्रम सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियताको संवर्द्धन, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिका जनचाहना एवं समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पका साथ न्यूनतम साझा ल्याएको बताए। 

सरकारले भारतीय पक्षबाट मिचिएका नेपाली भूमि फिर्ता लिन कूटनीतिक प्रयास अघि बढाइने जनाएको छ। सरकारले संघ र प्रदेशमा दोहोरो भूमिका हुने अनावश्यक संरचना खारेज गर्ने बताएको छ। आर्थिक वर्षका लागि सवारीसाधन खरिदलगायत कार्यालय सञ्चालन खर्च कटौती गर्ने बताउँदै सरकारले विशेष अवस्थामा बाहेक संघ र प्रदेशमा यो वर्ष नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने बताएको हो। 

यस्तै, सरकारले सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्याउने र त्यसका लागि पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पताल निर्माण गर्ने भएको छ। सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मन्त्री पौडेलले उक्त घोषणा गरे। सरकार प्रजनन उमेरका महिलालाई स्यानिटरी प्याड किन्न वार्षिक १५ सय उपलब्ध गराउने भएको छ। 

यस्तो पूर्ण पाठ