१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

छिमेक लघुवित्तको मोबाइल बैंकिङ तथा क्युआरमार्फत भुक्तानी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:२१:oo

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो छुट्टै मोबाइल बैंकिङ एपमार्फत सदस्यलाई डिजिटल कारोबार गर्ने व्यवस्था मिलाएको छ । संस्थाको मोबाइल बैंकिङ एप तथा क्युआर भुक्तानी प्रणालीको उद्घाटन नेपाल राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले गरेकी हुन् । 

यस एपअन्तर्गत कनेक्ट आइपिएस र फोन पे सर्भिसमार्फत नेटवर्कभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरूमा सजिलै फन्ड ट्रान्सफर गर्न सकिने जनाइएको छ । त्यस्तै, युटिलिटी पेमेन्टको प्रयोगबाट विनाझन्झट बिल भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ । लघुवित्तका सदस्यलाई आफ्नो इकाइ (केन्द्र) बैंठकबारे जानकारी लिन सकिने र कारोबार सफल भएपश्चात् कारोबारको जानकारी रकमसहित बोलेर सुनाउने यस एपको विशेषता रहेको जनाइएको छ । 

संस्थाले आगामी तीन वर्षमा करिब ४० प्रतिशत आफ्ना ग्राहक सदस्यलाई मोबाइल बैंकिङ सेवा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ । ०७७ साल फागुनदेखि इसेवामार्फत सदस्यले आफ्नो बचत तथा किस्ता तिर्ने व्यवस्था सुरु गरेकोमा हालसम्म करिब एक अर्बको कारोबार भएको जनाइएको छ । 

ad
ad